प्रदर्शनका क्रममा अदालत बचाउन भूमिका खेल्ने प्रहरी सहायक हवल्दार सम्मानित

प्रदर्शनकारीले केही तोडफोड र आगजनी गरे पनि उनले थप क्षति हुन नदिई फर्काएकी थिइन् । उनको प्रयासका कारण अदालतका महत्त्वपूर्ण कागजात बचेको थियो ।

आश्विन २३, २०८२

दुर्गालाल केसी

Police assistant constable who played a role in protecting the court during the demonstration honored

दाङ —  जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते जिल्ला अदालत घोराहीलाई आगलागी र तोडफोडबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरी सहायक हवल्दार संगिता अधिकारी सम्मानित भएकी छिन् ।

जिल्ला अदालतले बिहीबार एक कार्यक्रम आयोजना गरी अधिकारीलाई ५ हजार रुपयाँ  र कदरपत्रसहित सम्मान गरेको हो । अदालत आगलागी र तोडफोड गर्न आएका प्रदर्शनकारीलाई उनले सम्झाइबुझाइ गरी फर्काउन प्रयास गरेकी थिइन् ।

प्रदर्शनकारीले केही तोडफोड र आगजनी गरे पनि उनले थप क्षति हुन नदिई फर्काएकी थिइन् । उनको प्रयासका कारण अदालतका महत्त्वपूर्ण कागजात बचेको थियो ।

उनी २०८१ साउनदेखि अदालतको सुरक्षामा खटिएकी थिइन् । आफू सुरक्षामा खटिएको कार्यालय जल्दै गरेको हेर्न नसकी आफ्नो कर्तव्य र जिम्मेवारी सम्झेर अन्तिम समयसम्म पनि बचाउन प्रयास गरेको उनले बताइन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully