ओली र दाहालको सुरक्षार्थ खटाइएका मापदण्डविपरीतका सुरक्षाकर्मीलाई गृहले बोलायो फिर्ता

ओलीले लगेका मापदण्डविपरीतका २८ सुरक्षाकर्मीलाई बिहीबार फिर्ता बोलाइएको छ भने दाहालका ३४ सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

The security personnel assigned to protect Oli and Dahal against the norms was called back by the home

काठमाडौँ — गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी लगेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सुरक्षार्थ खटिएको टोलीमा कटौती गरेको छ ।

मन्त्रालय उच्च स्रोतका अनुसार, ओलीले लगेका मापदण्डविपरीतका २८ सुरक्षाकर्मीलाई बिहीबार फिर्ता बोलाइएको छ भने दाहालका ३४ सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । दाहालको सुरक्षामा ५२ सुरक्षाकर्मी खटिँदै आएका थिए ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार, पूर्वप्रधानमन्त्रीसहित उच्चपदस्थहरूलाई सुरक्षा व्यवस्था गर्ने प्रावधान छ ।

कान्तिपुर

Link copied successfully