कांग्रेस पदाधिकारी बैठक : कसले के भने ?

शेरबहादुर देउवा (सभापति) आफैंले बोलाएको पदाधिकारी बैठकमा उपस्थित भएनन् ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

Congress officials meeting: Who said what?

काठमाडौँ — शेरबहादुर देउवा (सभापति) आफैंले बोलाएको पदाधिकारी बैठकमा उपस्थित भएनन् । स्वास्थ्य कारण उपस्थित हुन नसकेको जानकारी उपसभापति खडकामार्फत पठाए । आगामी आइतबार सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा भने सहभागी हुने जनाएका छन् ।

गगन थापा

मंसिर मसान्तभित्रै नियमित महाधिवेशन गर्नुपर्छ । केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने पक्षमा म छैन । समयमै हुन सकेन भने विशेष महाधिवेशन बोलाउनुपर्छ ।

विश्वप्रकाश शर्मा

विशेष महाधिवेशन मंसिरभित्रै गर्न सकिन्छ । यसले सभापतिज्यूको जिम्मेवारी सहज बनाउँछ । छोटो समयमा नियमित सम्भव छैन भने विशेष अधिवेशन नै विकल्प हो ।

शेखर कोइराला

मैले सुरुदेखि नै नियमित महाधिवेशनको माग गर्दै आएको छु । अहिले पनि त्यसैमा अडिग छु ।

बिमलेन्द्र निधि

विशेष महाधिवेशन होइन, अब ध्यान निर्वाचनमा दिनुपर्छ । सभापतिज्यूले नेतृत्व छोड्ने कुरा गरिसक्नुभएको छ, त्यसअनुसार तयारी गरौं ।

उमाकान्त चौधरी

महामन्त्रीहरूले आफ्नो जिम्मेवारी पूरा नगरी विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउनु उचित होइन ।

महेन्द्र यादव

नियमित महाधिवेशनको जिम्मेवारी लिएका महामन्त्रीहरूले नै हस्ताक्षर अभियानमा लाग्नु गलत हो।

अर्जुननरसिंह केसी

३७ जिल्लामा सदस्यता र कागजात जलेका छन् । यस्तो अवस्थामा नियमित महाधिवेशन सम्भव छैन, विशेष महाधिवेशन नै विकल्प हो ।

जीवन परियार

पहिलो प्राथमिकता नियमित महाधिवेशन हो । तर, परिस्थिति नमिल्दा विशेष महाधिवेशन पनि सम्भावित विकल्प हो ।

बद्री पाण्डे

मंसिरमै नियमित महाधिवेशन गर्न सके राम्रै । नभए विशेष महाधिवेशनबाहेक विकल्प छैन ।

कान्तिपुर

Link copied successfully