पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नहुने

उनी निकट एक पदाधिकारीका अनुसार आजको बैठक उपसभापति पूर्णबहादुर खड्कालाई नै सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।

आश्विन २३, २०८२

कान्तिपुर संवाददाता

Chairman Deuba will not be present at the officers' meeting

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा पदाधिकारी बैठकमा उपस्थित नहुने भएका छन् ।

बिहीबारका लागि उनी आफैंले पदाधिकारी बैठक बोलाएका थिए । उनी निकट एक पदाधिकारीका अनुसार आजको बैठक उपसभापति पूर्णबहादुर खड्कालाई नै सञ्चालन गर्न जिम्मेवारी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णकृष्ण पौडेलका अनुसार सभापतिको अनुपस्थितिमा विधानले नै उपसभापतिलाई बैठक सञ्चालनका लागि अधिकार दिएको बताए ।

कान्तिपुर

Link copied successfully