चुनाव सफल बनाउन राजदूतहरुलाई अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

सरकारको प्रमुख प्राथमिकता निर्वाचन भएपनि देशमा सुशासन स्थापना गर्ने कार्यमा उच्चतम मानक स्थापना गर्ने गरी काम गर्न आफू प्रतिवद्ध भएको उनले बताइन् ।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

The Prime Minister requested the ambassadors to cooperate with the international community to make the elections successful

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न राजदूतहरूलाई आग्रह गरेकी छन् ।

निर्वाचनको मिति आउन अब ५ महिनाभन्दा पनि कम समय बाँकी भन्दै प्रधानमन्त्री कार्कीले, नयाँ पुस्ताले आफूहरुबाट उत्तरदायित्व, सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त नेपाल, रोजगारी सृजना र चुस्त एवम् प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा राखेका र सरकारले पनि काम गरिरहेको दाबी गरिन् । 

'यी अपेक्षा अप्राप्य अपेक्षा पनि होइनन् । सार्वभौम जनताले आफूद्वारा अनुमोदित सरकारबाट सुशासनको माग गर्नु सर्वथा स्वाभाविक विषय हो,' उनले भनिन् । सरकारको प्रमुख प्राथमिकता निर्वाचन भएपनि देशमा सुशासन स्थापना गर्ने कार्यमा उच्चतम मानक स्थापना गर्ने गरी काम गर्न आफू प्रतिवद्ध भएको उनले बताइन् । उनले थपिन्, 'यही प्रतिवद्धताका साथ तपाईंहरू सबैले आफ्नो कार्य सम्पादन गर्नुहुनेछ ।'

आफ्नो कर्तव्य र इमानमा सम्झौता गर्ने कुनै पनि प्रकारको व्यवहारलाई सहन नगरिने कार्कीले बताइन् । उनले फागुन २१ मा निर्वाचन सम्पन्न गर्न सरकार गठन भएको भन्दै सरकार त्यसमै केन्द्रित हुँदा सबैतिरबाट सहयोग गर्न उनले आग्रह गरिन् ।

यस्तो छ प्रधानमन्त्रीले राजदूतहरुलाई गरेको सम्बोधनको पूर्णपाठ :

कान्तिपुर

Link copied successfully