विपिन जोशीको भिडियो सार्वजनिक गर्ने तयारी

हमासले कैद गरेको एउटा भिडियो एक वर्ष अगाडि हेरेका थियौं : बुबा महानन्द

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

Preparing to release the video of Bipin Joshi

काठमाडौँ — इजरायलको बन्धक परिवार मञ्चले विपिन जोशीको भिडियो सार्वजनिक गर्ने जनाएको छ ।

इजरायली सञ्चारमाध्यम जेरुसेलम पोस्टका अनुसार मञ्चले इजरायली गुप्तचरी निकायले फेला पारेको भिडियो सार्वजनिक गर्न लागेको हो ।

मञ्चले बुधबार साँझ सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । मञ्चका अनुसार सार्वजनिक गर्न लागिएको भिडियो कुन मितिमा लिइएको भने खुलाइएको छैन ।

एक वर्ष अगाडि इजरायली सेनाले विपिन जोशीको परिवारलाई हमासले कैद गरेको भिडियो देखाएको थियो । ‘इजरायली सेनाले हामीलाई एक वर्ष अगाडि नै एउटा भिडियो देखाएको थियो । त्यसमा विपिनले निलो भेस्ट लगाएका थिए । दारी पालेको थियो । आफ्नो परिचय, राष्ट्रियता र कामको विवरणबारे बोलेका थिए । त्यो एक मिनेटको थियो,’ विपिनका बुबा महानन्दले कान्तिपुरसँग भने,‘त्यो भिडियो अपहरणमा परेको एक डेढ महिनापछि लिइएको जस्तो देखिन्थ्यो ।’

त्यसपछि अर्को नयाँ भिडियोको सम्बन्धमा थप कुराकानी नभएको उनले बताए । ‘हामी नयाँ सूचनाको प्रतीक्षामा छौं,’ उनले भने, ‘इजिप्टमा जारी वार्ता सफल होस् भन्ने कामना गर्दछु ।’

कान्तिपुर

Link copied successfully