जोहरी दर्ता नभए पनि प्रहरीले २४ घण्टाभित्र जवाफ दिने बताएको अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले बताए ।
काठमाडौँ — एमालेनिकट अनेरास्ववियुले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र हामी नेपाली संस्था अध्यक्ष तथा जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएको छ ।
जोहरी दर्ता नभए पनि प्रहरीले २४ घण्टाभित्र जवाफ दिने बताएको अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले बताए । ‘मुद्दा फाँटमा राजु अधिकारी सरलाई भेटेर जाहेरी दिएका छौं,’ बडालले अधिकारीलाई उद्धृत गर्दै भने, ‘उहाँले सरकारी वकिलको राय लिएर २४ घण्टाभित्र जवाफ दिन्छौं भन्नु भयो । हामी त्यसको प्रतिक्षामा छौं ।’
भाद्र २३ र २४ गतेको आन्दोलनको विषयमा जाहेरी दिएको अनेरास्ववियुले जनाएको छ । ‘आन्दोलनमा व्यक्ति हत्या भएको छ । आन्दोलनमा उक्साउने काम भएकाले यस्तो हत्या हुन पुगेको हो । राष्ट्रिय सम्पत्ति जलाउने र तोडफोड गर्न उक्साउने काम भएको छ । नेपाली नागरिक भएर विदेशीलाई जासुसी गर्नेविरुद्ध जाहेरी दिएका हौं,’ बडालले भने ।
