क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान, राहत र पुनस्थापनासम्बन्धी कार्यका लागि सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ ।
काठमाडौँ — सरकारी संरचना पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले अर्थमन्त्री रामेश्वर खनाललाई उक्त रकम हस्ताक्षर गरेका हुन् ।
भदौ २३ र २४ गते क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचना पुनर्निर्माणका लागि आवश्यक आर्थिक सहयोग गर्न सरकारले सबैमा अनुरोध गरेको छ । आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान, राहत र पुनस्थापनासम्बन्धी कार्यका लागि स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ पनि स्थापना भएको छ ।
