काठमाडौंबाट बुकिङ गरेका र मौसमका कारण यात्रा गर्न नसकेका यात्रुले २०८२ कार्तिक १४ गतेभित्र एकपटक निःशुल्क मिति परिवर्तन गर्न पाउनेछन्।
काठमाडौँ — हालै देशभर निरन्तर भइरहेको वर्षा, बाढी र पहिरोका कारण सडक तथा हवाई यातायात अवरुद्ध बनेपछि नेपाल वायुसेवा निगमले यात्रुको सुविधालाई ध्यानमा राख्दै टिकट मिति परिवर्तनमा निःशुल्क सुविधा दिने निर्णय गरेको छ।
निगमले जारी गरेको सूचनाअनुसार २०८२ असोज १८ गतेदेखि २०८२ असोज २१ गतेसम्मका लागि काठमाडौंबाट यात्रा गर्न बुकिङ गरेका तर प्रतिकूल मौसमका कारण यात्रा गर्न नसकेका यात्रुले एक पटकका लागि २०८२ कार्तिक १४ गतेभित्रको उडानमा निःशुल्क मिति परिवर्तन गर्न सक्नेछन्।
यसअघि हिमालय एयरलाइन्सले पनि बाढी र मौसमजन्य कारणले उडान अवरुद्ध भएका यात्रुलाई मिति परिवर्तन शुल्क नलिने घोषणा गरेको थियो।
नेपाल वायुसेवा निगमको यो निर्णयले यात्रुलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
यो सुविधाबारे थप जानकारीका लागि यात्रुले निगमको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
