केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले निर्वाचनको वातावरण बनाउने निर्णय गर्दै, सम्बन्धित पक्षसँग छलफल गर्ने प्रवक्ता सापकोटाले बताए।
काठमाडौँ — माओवादी केन्द्रको सचिवालय बैठकले घोषित मितिमा निर्वाचन गराउन सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले निर्वाचन गराउन वातावरण बनाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । उनले भने, 'घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्नेछौँ, त्यसका लागि सम्बन्धित पक्षसँग छलफल गर्नेछौँ ।'
