नेपाल वायुसेवा निगमलाई काठमाडौं–भैरहवा–काठमाडौं यात्रु चार्टर उडानको अनुमति 

स्वीकृत चार्टर उडान काठमाडौं–भैरहवा–काठमाडौं सेक्टरमा सञ्चालन हुनेछ । जसको प्रस्थान समय साँझ ७:१५ र आगमन समय राति ९:४५ तोकिएको छ ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

Permission for Nepal Airlines Corporation to operate Kathmandu-Bhairawa-Kathmandu passenger charter flights

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल वायुसेवा निगमलाई काठमाडौं–भैरहवा–काठमाडौं यात्रु चार्टर उडान सञ्चालन गर्न अनुमति प्रदान गरेको छ ।

नेपाल वायुसेवा निगमले स्वीकृत चार्टर उडानका लागि एअरबस ए३२० विमान प्रयोग गर्नेछ । जसको उडान कप्तान अर्विन्द्रराज पहारी रहनेछन् । स्वीकृत चार्टर उडान काठमाडौं–भैरहवा–काठमाडौं सेक्टरमा सञ्चालन हुनेछ । जसको प्रस्थान समय साँझ ७:१५ र आगमन समय राति ९:४५ तोकिएको छ ।

कान्तिपुर

Link copied successfully