नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

Indian Prime Minister Modi expressed grief over the damage caused by the floods in Nepal

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताएका छन् । साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully