विशेषगरी मधेश पेदेशका पर्सा, सर्लाही, रौतहट, बारा जिल्लामा अति भारी वर्षा भइरहेको जल तथा मोसम विज्ञान विभागका मौसमविद् डेबिड ढकाले बताए ।
काठमाडौँ — शुक्रबार रातिदेखिको अविरल वर्षाले मधेश प्रदेश प्रभावित हुने देखिएको छ ।
विशेषगरी मधेश पेदेशका पर्सा, सर्लाही, रौतहट, बारा जिल्लामा अति भारी वर्षा भइरहेको जल तथा मोसम विज्ञान विभागका मौसमविद् डेबिड ढकाले बताए ।
मधेश प्रदेश हुँदै यो विस्तारै कोशी प्रदेश तर्फ पनि बढ्दै गएको मौसमविद् ढकालले बताए । उनले भने, ‘मधेश प्रदेशमा अहिले पर्सा, सर्लाही, रौतहट र बारा जील्लाहरुमा अति भारी वर्षा भइरहेको छ । अन्य जिल्लामा पनि जारी छ । यो विस्तारै कोशीतर्फ जाने देखिन्छ ।’