काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरी, उदयपुर, सप्तरी, सिन्धुली, दोलखा, काभ्रेपलान्चोक, मकवानपुर, चितवनलगायत जिल्ला अति उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ — कोशी, नारायणी, बागमती, पूर्वी राप्ती र कमला नदीको बहाव सर्तकता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाले जनाएको छ ।
आज बिहानको मापनअनुसार कर्णाली, महाकाली र तिनका सहायक नदीको बहाव सतर्कताभन्दा तल छ ।
सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लामा अति उच्च जोखिमको सम्भावना रहने महाशाखाको पूर्वानुमान छ।
