लगातार वर्षा भइरहेको भए पनि पहिरो पन्छाउने जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।
काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको मौवा खोलामा पहिरो खस्दा सवारी आउजाउ अवरुद्ध भएको छ ।
धादिङको बेनीघाट रोराङ-१० जवाङखोलामा गएराति पहिरो खसेको थियो । सो पहिरो पन्छाएको केही समयमा नै बिहान ६ बजेतिर पुनः पहिरो खसेपछि अहिले सो खण्ड दुईतर्फी नै बन्द भएको हो ।
अहिले काठमाडौंबाट मुग्लिङतर्फ जाने सवारीलाई धादिङको मलेखु खण्डमा नै रोकिएको छ । लगातार वर्षा भइरहेको भए पनि पहिरो पन्छाउने जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।
