ट्राफिक प्रहरी भन्छ- राजधानी छिर्ने सबै राजमार्ग अवरुद्ध

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

The traffic police say - all highways entering the capital are blocked

काठमाडौँ — अविरल वर्षासँग राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन्। हेटौंडा हुँदै काठमाडौं आउने कान्ति लोकपथमा ठुला गाडीहरू संचालन भएका छैनन् ।

मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध बनेको छ। वीपी राजमार्गमा भने भारी वर्षाका कारण सवारी सञ्चालनका लागि रोक लगाइएको छ। 

प्रहरी उपरीक्षक सुवेदीले अत्यावश्यक भए सडकको अवस्था बुझेरमात्रै यात्रामा निस्किन आग्रह गरे।

कान्तिपुर

Link copied successfully