ताप्लेजुङको मिक्वाखोला–४ साँवाबाट धरान जाँदै थियो पाँचथरमा दुर्घटनामा परेको जिप

मे १ ज ३०५५ नम्बरको जिप तमोर करिडोरको कार्तिके भन्ने स्थान नजिक लुरुपामा दुर्घटना भएको घटनास्थलमा रहेका गोगन साँवा लिम्बूले जानकारी दिए ।

आश्विन १८, २०८२

आनन्द गौतम

The jeep that had an accident at Panchthar was going to Dharan from Mikwakhola-4 Sanwa in Taplejung

काठमाडौँ — ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ साँवाबाट शनिबार बिहान धरानका लागि छुटेको बोलेरो जिप पाँचथरमा दुर्घटना भएको छ ।

मे १ ज ३०५५ नम्बरको जिप तमोर करिडोरको कार्तिके भन्ने स्थान नजिक लुरुपामा दुर्घटना भएको घटनास्थलमा रहेका गोगन साँवा लिम्बूले जानकारी दिए ।

सडकबाट पाँच सय मिटर तल झरेको बोलेरोमा चालकसहित ११ जना रहेको जानकारी भएको उनले बताए । घटनास्थलमा उद्धारकार्य भइरहेको उनले बताएका छन् ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully