दसैं बिदामा गएकालाई तत्काल फिर्ता हुन सशस्त्र प्रहरीको निर्देशन

विपद्का समयमा उद्धारमा परिचालित हुनपर्ने भन्दै सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकले सबैलाई फिर्ता बोलाएको हो ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

The armed police instructed those who went on Dasain holiday to return immediately

काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालले दसैं बिदामा गएका आफ्ना कर्मचारीलाई तत्काल कार्यालयमा फिर्ता हुन निर्देशन जारी गरेको छ ।

विपद्का समयमा उद्धारमा परिचालित हुनपर्ने भन्दै सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकले सबैलाई फिर्ता बोलाएको हो । 

शनिबार अपराह्न निर्देशन जारी गर्दै सशस्त्र प्रहरी बलले भनेको छ, ‘सुरक्षा निकायका कर्मचारीहरु सदैव परिचालन हुनपर्ने भएको हुनाले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय एवं विभिन्न युनिटहरुबाट विजया दशमीको उपलक्ष्यमा विदामा रहनु भएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई सबैभन्दा निजकको सशस्त्र प्रहरी बल नेपालको जुनसुकै कार्यालयमा २०८२ असोज १९ गते १० बजेभित्र हाजिर हुन सशस्त्र प्रहरी बल नेपाल निर्देशित गर्दछ ।’

हाजि हुन आएका सम्पूर्ण कर्मचारीलाई विपद् उद्दारमा परिचालन गर्न समेत सम्पूर्ण युनिटलाई भनिएको छ । ‘तोकिएको मितिमा हाजिर नभई विपद् उद्दार कार्यमा परिचालित हुन नसकेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियम अनुसार कारबाही हुने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ निर्देशनमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully