चित्लाङ जाने बाटो पनि प्रहरीले बन्द गरायो 

प्रहरीले सडक बन्द गराइएकोबारे माइकिङ गरेर समेत सूचना दिइरहेको छ ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Police also closed the road to Chitlang

काठमाडौँ — प्रहरीले काठमाडौंबाट थानकोट–पानीघाट हुँदै चित्लाङ जाने बाटो बन्द गराएको छ । अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि बाटो बन्द गराइएको हो ।

प्रहरी वृत्त, थानकोटका अनुसार, चित्लाङ जाने बाटोमा पहिरोका कारण मानवीय क्षति नहोस् भन्ने हिसाबले पूर्वतयारी अपनाउँदै सडक बन्द गराइएको हो । प्रहरीले सडक बन्द गराइएकोबारे माइकिङ गरेर समेत सूचना दिइरहेको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, सुरक्षाका दृष्टिकोणले मातातीर्थ–थाखेल हुँदै हेटौंडा र चन्द्रागिरिबाट मसिने हुँदै खानीखोला निस्किने सडकसमेत बन्द गराइएको छ । 

Police also closed the road to Chitlang

‘ब्यारिकेड राखेर ती नाकाहरुमा पनि गाडीहरु रोकेका छौं, नागढुंगामा चाहिँ बिहानैदेखि गाडी राकेका थियौं,’ भट्टराईले भने । 

जल तथा मौसम विज्ञान विभागले १७ देखि २० भदौसम्म मनसुनी गतिविधि सक्रिय रहने पूर्वानुमान गरेको थियो । अहिले देशका विभिन्न भागमा भारी वर्षा भइरहेको छ । यस्तोमा गृह मन्त्रालयले चारै सुरक्षा निकायलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । 

उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर समेत तैनाथ गरिएको छ ।

कान्तिपुर

Link copied successfully