पानी परिरहेको र यस खण्डमा जोखिम बढेकाले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।
काठमाडौँ — जारी वर्षाका कारण मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको छ ।
निरन्तरको वर्षाले पहिरो जाँदा सवारी आवागमन एकतर्फी ठप्प बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पानी परिरहेको र यस खण्डमा जोखिम बढेकाले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्नु र गर्नैपर्ने भए जानकारी लिएर सुरक्षा निकायकाे समन्वयमा मात्रै यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।
मुग्लिन-नागढुंगा सडकखण्डको जवाङ खाेला नजिकै खसेको पहिरो भने हटाइएको कार्यालयको भनाइ छ ।
