जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेबिड ढकालका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि सामान्य वर्षा छ ।
काठमाडौँ — कोशी, मधेश र बागमती प्रदेशमा भारी वर्षा भए पनि देशको पश्चिमी भू-भागमा भने त्यति धेरै वर्षा नभएको मौसम विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेबिड ढकालका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि सामान्य वर्षा छ ।
ढकालले कान्तिपुरसँग भने, 'गण्डकी प्रदेशका स्याङ्जा, पाल्लामा लगायतका पहाडि जिल्लामा हल्का वर्षा देखिन्छ । त्यसका अलावा पश्चिमी क्षेत्रमा सामान्य वर्षा छ ।'