जोखिमपूर्ण खण्डमा आवश्यक मेसिन र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको सडक विभागको भनाइ छ ।
काठमाडौँ — पहिरोका कारण दु:ख दिइरहने नारायणगढ-मुग्लिन सडक अझै जोखिमपूर्ण नै छ । सडक विभागका अनुसार तुइन खोला र चिसेन्जी खोलामा जोखिम छ ।
बिहान तुइन खोला नजिक पहिरो खस्दा केहीबेर सवारीसाधन अवरुद्ध भएको थियो । पन्छाएपछि सडक खुलाइएको थियो ।
जोखिमपूर्ण खण्डमा आवश्यक मेसिन र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको सडक विभागको भनाइ छ ।