तमोर करिडोरको पाँचथर सडकखण्डमा जिप दुर्घटना

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Jeep accident on Panchthar road section of Tamor Corridor

पाँचथर — तमोर करिडोरको पाँचथर खण्डअन्तर्गत पाँचथरको कुम्मायक–३ कात्तिके नजिकै सडकबाट जिप खसेको छ । जिप तमोर नदी गड्तीरमा पुगेका बताइएको छ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले घटनास्थलमा प्रहरी पठाइएको र त्यहाँ पुग्न झन्डै एक घण्टा लाग्ने बताएका छन्। जिप कहाँबाट कहाँ जाँदै थियो भन्ने विवरण भने खुलेको छैन।

निरन्तर पानी परिरहेकाले प्रहरी र उद्धार टोली त्यहाँ पुग्न ढिलो भएको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

कान्तिपुर संवाददाता

Link copied successfully