बल्खुस्थित बागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो

बागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरिएको छ ।

आश्विन १८, २०८२

रासस

Sukumvasi of Bagmati Bank in Balkhu have been shifted to school

काठमाडौँ — काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित बागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ ।

बल्खु कुलेश्वर नदी छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो । 

सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि जारसमेत खाली गराइएको जानकारी दिए । 

रासस

Link copied successfully