वर्षाका कारण अबको केही घण्टामा कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने विभागले जनाएको छ ।
काठमाडौँ — कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागद्वारा बुलेटिनका अनुसार शनिबार बिहान १० बजे कोशी, मधेश र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षा भइरहेको हो ।
वर्षाका कारण अबको केही घण्टामा कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने विभागले जनाएको छ ।
विभागले चेतावनी दिँदै अगाडि भनेको छ, ‘अब केही घण्टा विशेषगरी कोशी प्रदेश, मधेशी प्रदेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिन्छ ।’
वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।
