स्वयंसेवी रूपमा काम गर्न भन्दै गृहले केही जेन–जीलाई सिंहदरबार बोलायो 

मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी वर्षा भई बाढी र पहिरोको जोखिम रहेको बताएका बेला मन्त्रालयका अधिकारीहरूले केही जेन–जी अगुवालाई सिंहदरबार बोलाएका हुन् ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Griha invited some gen-jis to Singha Darbar asking them to work as volunteers

काठमाडौँ — देशभरि बाढी र पहिरोको जोखिम रहेका बेला गृह मन्त्रालयले प्रतिकार्यका लागि जेन–जीलाईसमेत परिचालन गर्ने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी वर्षा भई बाढी र पहिरोको जोखिम रहेको बताएका बेला मन्त्रालयका अधिकारीहरूले केही जेनजी अगुवालाई सिंहदरबार बोलाएका हुन् । 

‘यो सरकारलाई कुनै पनि हालतमा कमजोरी गर्ने छुट छैन, त्यसैले प्रतिकार्यमा कुनै कसर बाँकी नराख्न सबैको सहयोग लिन खोजेका हौं,’ गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका एक अधिकारीले भने, ‘त्यही क्रममा पहिल्यैदेखि जेनजीको तर्फबाट छलफलमा सहभागी हुनु भएकाहरूलाईसमेत यसमा जोड्न खोजेका हौं ।’

मन्त्रालयमा बोलाइएकामा स्वयंसेवी समूह १०० ग्रुपसहितका जेनजीसमेत छन् । ‘अहिले गृह मन्त्रालयमा विभिन्न जिल्लाबाट फोन आएका आयै छन्, समन्वय गर्नुपर्ने कामहरू धेरै छन्,’ ती अधिकारीले भने, ‘आज रातभर बढी जोखिम हुने भएका सबैलाई परिचालन गर्न खोजेका छौं ।’ शनिबार अपराह्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा सुदन गुरुङसमेत पुगेका थिए । 

कान्तिपुर

Link copied successfully