शनिबार परेको लगातार वर्षाका कारण क्षति थप बढेको र राजमार्ग पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ — अविरल वर्षाका कारण अरनिको राजमार्ग भासिएको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालकिा–४ चारकिलोस्थित राजमार्गमा करिब १५ मिटर लम्बाइ र १ फिट गहिराइमा सडक भासिएको छ ।
सडक बिहीबारदेखि नै भासिदै गएको थियो । यद्यपि शनिबार परेको लगातार वर्षाका कारण क्षति थप बढेको र राजमार्ग पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
