राष्ट्रपति पौडेलद्वारा विपद्को खतराबाट सजग रहन अपिल

शनिबार विज्ञप्ति जारी गर्दै उनले विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Appeal by President Paudel to be aware of the danger of disaster

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै उनले विपद्मा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गरेका छन् । 

कान्तिपुर

Link copied successfully