देशभर शुक्रबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध हुनुका साथै मनसुनजन्य विपद्को अवस्थालाई मध्यनजर गर्दै गृहले यस्तो निर्देशन जारी गरेको हो ।
काठमाडौँ — राजमार्गमा अलपत्र एम्बुलेन्सलाई गन्तव्यमा पुर्याउन र गर्भवतीलाई नजिकको बर्थिङ सेन्टरमा पुर्याउन सहयोग गर्न गृह मन्त्रालयले भनेको छ।
देशभर शुक्रबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध हुनुका साथै मनसुनजन्य विपद्को अवस्थालाई मध्यनजर गर्दै गृहले यस्तो निर्देशन जारी गरेको हो ।
गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै ७७ जिल्लाका प्रमुखहरुलाई आठ बुदेँ निर्देशन जारी गरेको हो ।
बाढीपहिरोका कारण तत्काल उद्धार गर्न परे शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । प्रमुख जिल्ला शिक्षा अधिकारी र सुरक्षा प्रमुखहरुलाई २४ सै घन्टा कार्यालयमा उपस्थित हुन पनि गृहले निर्देशन दिएको छ ।