पछिल्लो ६ घण्टामा ६४ मिलिमिटर वर्षा

काठमाडौँ उपत्यकामा भने गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

64 mm of rain in last 6 hours

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ। यो अवधिमा मधेश प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ।

मधेशको वीरगञ्जमा ६४ मिलिमिटर पानी परेको विभागले जनाएको छ। त्यस्तै, गौरमा ५७, महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ। 

विभागका अनुसार पछिल्लो ६ घण्टामा मधेश, बागमती र गण्डकीमा धेरै वर्षा भएको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।

काठमाडौँ उपत्यकामा भने गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ।

64 mm of rain in last 6 hours

कान्तिपुर संवाददाता

Link copied successfully