नागढुंगा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

250 vehicles were returned from Nagadhunga check post

काठमाडौँ — खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुंगा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमााडैँतर्फ नै फर्काएको छ ।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

आज बिहानदेखि नै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उनले बताए ।

कान्तिपुर

Link copied successfully