राष्ट्रपतिले आमनागरिकलाई दसैंको टीका नलगाउने

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै टीका लगाउने कार्यक्रम नराखिएको राष्ट्रपति कार्यालयको भनाइ छ ।

आश्विन १६, २०८२

कान्तिपुर संवाददाता

The President will not administer the Dasain vaccine to the public

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।

विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले पनि बडादसैँका अवसरमा यस वर्ष टीका नलगाउने भएकी छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनुपरेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले आफूले टीका नलगाउने र अरुलाई पनि टीका नलगाइदिने उनको सचिवालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully