लु १ ज ४७२३ न को फ्राेस गाडी सालझण्डी-सन्धिखर्क-ढाेरपाटन सडक खण्डको अर्घाखाँची सन्धिखर्क नगरपालिका-९ अर्घा टारीमा राति दुई बजे दुर्घटना भएको थियो ।
अर्घाखाँची — बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको मिनिबस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ ।
लु १ ज ४७२३ न को फ्राेस गाडी सालझण्डी-सन्धिखर्क-ढाेरपाटन सडक खण्डको अर्घाखाँची सन्धिखर्क नगरपालिका-९ अर्घा टारीमा राति दुई बजे दुर्घटना भएको थियो ।
मृतक दुवैको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार गाडी टारीकाे उकालो घुम्तीबाट २० मिटर तल खसेको छ । तीन जनाकाे अवस्था गम्भीर रहेको छ । अरू सामान्य घाइते छन् । घाइतेको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भैरहेकाे छ ।
सन्धिखर्कबाट सञ्चालित लंका यातायात प्रालिकाे गाडीमा क्षमता भन्दा बढी यात्रु थिए । प्रहरीका अनुसार गाडीमा २५ जना यात्रु थिए ।