नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलाको पहिरो पन्छाएर यातायात सञ्चालन

सोमबार करिब ६:०० बजे साँझदेखि यातायात सञ्चालनमा आएको छ ।

आश्विन १३, २०८२

कान्तिपुर संवाददाता

Traffic operation after removing landslide of Tuinkhola on Narayangadh-Muglin road section

काठमाडौँ — नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलाको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको छ ।

सोमबार करिब ६:०० बजे साँझदेखि यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा आज पुनः सुक्खा पहिरो खसेको थियो ।अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

पहिरोले सडकको ७० मिटर भाग ढाकेको थियो । गत हप्ता पनि पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो ।

कान्तिपुर

Link copied successfully