काठमाडौँ — नारायणघाट-मुग्लिन सडक तुइन खोलामा दुवैतर्फबाट पहिरो हटाउने कार्य जारी छ।
बाटो खुलाउन अझै करिब २ घण्टा समय लाग्ने भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले जनाएको छ । रातको समयमा काममा सहजताका लागि बत्तीको व्यवस्था पनि हुँदै गरेको मन्त्रालयले जनाएको छ ।