अर्घाखाँची दुर्घटना : मृतकको पहिचान खुल्यो 

प्रहरीका अनुसार दुर्घटनामा परी गुल्मीको मदाने गाउँपालिका-६ का १० वर्षीया अरूणा थापा र सोही गाउँपालिका-७ का १३ वर्षीय नारायण पौडेलको मृत्यु भएको हो।

आश्विन १३, २०८२

वीरेन्द्र केसी

Arghakhanchi accident: The identity of the deceased has been revealed

अर्घाखाँची — सन्धिखर्क नगरपालिका-९ अर्घा टारीमा भएको मिनिबस दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ।

 प्रहरीका अनुसार दुर्घटनामा परी गुल्मीको मदाने गाउँपालिका-६ का १० वर्षीया अरूणा थापा र सोही गाउँपालिका-७ का १३ वर्षीय नारायण पौडेल रहेका छन् ।

प्रहरी निरीक्षक तथा सुचना अधिकारी  झलकप्रसाद शर्माका अनुसार चार जना गम्भीर र १६ जना सामान्य घाइते छन् । घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह गाउँमा जाँदै गरेको लु १ ज ४७२३ नम्बरको फोर्स गाडी राति दुई बजेतिर सालझण्डी- सन्धिखर्क- ढोरपाटन सडक खण्डको अर्घाखाँचीस्थित अर्घा टारीमा दुर्घटना भएको हो।

सन्धिखर्कबाट सञ्चालित लंका यातायात प्रा. लि. को १६ सिट रहेको सो गाडीमा २६ जना यात्रु खचाखच राखिएको थियो । क्षमता भन्दा बढी यात्रु हुनु र अर्घा टारी उकालो घुम्तीमा ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । दशै मनाउन बुटवल लगायतका ठाउँबाट गुल्मी पुर्कोट दह जन्मघरमा जाने यात्रु थिए । 

वीरेन्द्र केसी

Link copied successfully