पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको घरमा प्रहरीको खानतलासी

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले भूषणको घरमा प्रहरी टोली पुगेको पुष्टि गरे ।

आश्विन १२, २०८२

गौरव पोखरेल

Police search house of Bhushan Rana, brother of former foreign minister Arju Rana

काठमाडौँ — प्रहरीले पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाबारे अनुसन्धान थालेको छ । २३ र २४ भदौको आन्दोलनका बेला पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा अस्वाभाविक रकम भेटिएको थियो । त्यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ ।

प्रहरीले पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाबारे अनुसन्धान थालेको छ । २३ र २४ भदौको आन्दोलनका बेला पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा अस्वाभाविक रकम भेटिएको थियो । त्यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । यही बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउवापत्नी आरजुका भाइ भूषणबारे छानबिन गरेको हो । 

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले भूषणको घरमा प्रहरी टोली पुगेको पुष्टि गरे । ‘तर, उहाँ विगत एक महिनादेखि त्यहाँ हुनुहुन्न,’ केसीले कान्तिपुरसँग भने । उनले राणाविरुद्ध के विषयमा छानबिन भइरहेको हो भन्नेबारे विस्तृतमा बताएनन् । 

जेनजी आन्दोलनका बेला भएको घटनासम्बन्धी जाँचबुझ आयोगले आइतबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लखेक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो । उनीहरुलाई आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न समेत पत्राचार गरिएको थियो ।

गौरव पोखरेल गौरव कान्तिपुरका पत्रकार हुन् । उनी सुरक्षा मामिला र सुशासनका विषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully