हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

राति धान खान आएको हात्तिलाई धपाउन जाँदा हात्तीले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यक्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले बताए ।

आश्विन १२, २०८२

कान्तिपुर संवाददाता

A woman died in Bardia after being attacked by an elephant

काठमाडौँ — हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । गएराति ठाकुरबाबा नगरपालिका-९, शिवपुर बस्ने ४२ वर्षीया सिता खत्रीको मृत्यु भएको हो ।

राति धान खान आएको हात्तिलाई धपाउन जाँदा हात्तीले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यक्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्यले बताए । 

उनले भने, ‘उहाँ ३० मिटरसम्म भागेको देखिन्छ तर सर्भाइभ हुन सक्नुभएन । शरीर पूरै क्षतविक्षत् छ ।'

ठाकुरबाबा नगरपालिका-९ की अध्यक्ष राधा चौधरी पनि घटनास्थलतर्फ जाँदै गरेको बताइन् । उनले भनिन्, 'मैले भर्खर सुचना पाएँ म पनि घटनास्थल तर्फ जाँदै छू ।'

कान्तिपुर संवाददाता

Link copied successfully