माओवादी बैठक : केन्द्रीय पदाधिकारीको धारणा राख्ने क्रम सकियो, अध्यक्ष दाहालले जवाफ दिने

आजै महाधिवेशनको मिति र अन्य निर्णय गरी बैठक सकिने कार्यक्रम छ ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

Maoist meeting: The process of taking the views of the central officials is over, Chairman Dahal will answer

काठमाडौँ — माओवादी केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन पनि आज प्रज्ञा भवन, कमलादीमा जारी छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचि  जनार्दन शर्माका फरक प्रस्तावमाथि विभिन्न १० टोलीका नेताहरूले धारणा राखेका छन् ।

बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरुले धारणा राख्नेक्रम सकिएको छ । बैठकमा आफ्नो छुट्टै प्रस्ताव राख्ने जनार्दन शर्माले १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा आफ्नो धारणा राखेका छन् । त्यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा धारणा राख्ने कार्यक्रम छ । त्यसपछि  अध्यक्ष दाहालले जवाफ दिनेछन् ।

आजै महाधिवेशनको मिति र अन्य निर्णय गरी बैठक सकिनेछ ।

कान्तिपुर

Link copied successfully