अध्यक्ष बाबुराम भट्टराईले पदबाट राजीनामा दिएपछि केन्द्रीय समिति बैठकले सोबलाई महाधिवेशन आयोजक समितिको संयोजक चयन गरेको हो।
काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा दुर्गा सोब चयन भएकी छन् ।
बुधबार र बिहीबार काठमाडौँमा भएको केन्द्रीय समितिको विस्तारित बैठकले अध्यक्ष बाबुराम भट्टराईको पद त्यागलाई स्वीकार गर्दै सोबलाई महाधिवेशन आयोजक समितिको संयोजक चयन गरेको हो।
यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिइन् । बैठकले महासचिव सोनाम सिं स्याङ्तानलाई महाधिवेशन आयोजक समितिको सदस्य-सचिव चयन गरेको छ। पार्टीले विशेष महाधिवेशन फागुनमा गर्ने तय भएको छ।
