प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थले गृहलाई पत्राचार गरेको हो ।
काठमाडौँ — सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानुन विपरीत लिइरहेको सुविधा फिर्ता गर्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ ।
प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थले गृहलाई पत्राचार गरेको हो ।
५ असोजमा मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्न विभिन्न निर्णय गरेको थियो । यसअघि स्वकीय सचिव र सल्लाहाकार पनि कटौती गरेको थियो । अर्थमन्त्री रामेश्वर खनालले पछिल्ला दिनमा खर्च कटौतीका लागि एकपछि अर्को प्रस्ताव अघि सारेका छन् ।