जाँचबुझ आयोगको पहिलो निर्णय : मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्ने 

जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा आफ्नो कार्यालय स्थापना गरेर आयोगले क्षतिको विवरण संकलन र माग गर्ने निर्णय गरेको हो ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

The first decision of the Commission of Inquiry: To collect the details of human and physical damage

काठमाडौँ — विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले काम थालेको छ । कार्कीसहित आयोगका सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारीले मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्ने पहिलो निर्णय गरेको छ । 

जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा आफ्नो कार्यालय स्थापना गरेर आयोगले क्षतिको विवरण संकलन र माग गर्ने निर्णय गरेको हो । आयोगले विभिन्न निकायहरूलाई केन्द्र तोकेर क्षतिको विवरण ती निकायबाट संकलन गर्ने निर्णय गरेको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । 

सर्वोच्च र देशभरका अदालतले सर्वोच्च अदालतमार्फत आयोगलाई विवरण बुझाउने छन् । अरु सरकारी निकायहरूले गृह मन्त्रालयमार्फत विवरण बुझाउनेछन् ।

स्थानीय सरकारका लागि संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको छ । व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति क्षति हुनेले सोझै विवरण पठाउन पाउनेछन् ।

आयोगले सूचना संकलनका लागि sep8and9incident.ic@gmail.com को इमेल तोकेको छ ।

सरकारले जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न गत आइतबार कार्कीको नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully