अब अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै

अब अनलाइन दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने छैन।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

Now from online registration and renewal information department

काठमाडौँ — सरकारले अनलाइन दर्ता र नवीकरण सूचना विभागबाटै गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यसअघि जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता गर्नुपर्ने सरकारको निर्णय उल्ट्याएर हो।

सञ्चारमन्त्री जगदीश खरेलका अनुसार अनलाइन दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने छैन।

सूचना विभागको महानिर्देशकलाई स्थानीय अधिकारी तोक्ने गरी छापाखाना तथा प्रकाशनसम्बन्धी निर्णय सच्चाइएको हो । त्यस्तै सुरक्षण मुद्रण नियमावली,  २०८२ स्वीकृती गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

कान्तिपुर

Link copied successfully