सरकारले भ्रष्टाचारमा छानबिन गर्छ : प्रधानमन्त्री कार्की 

प्रधानमन्त्री कार्कीले अलग्गै आयोग बनाएर वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत कसरी छानबिन हुन्छ भन्नेबारे विस्तृत सम्बोधनमा खुलाएकी छैनन् ।

आश्विन ९, २०८२

कान्तिपुर संवाददाता

Government investigates corruption: Prime Minister Karki

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको मुख्य माग भ्रष्टाचारको छानबिन भएकोतिर संकेत गर्दै वर्तमान सरकारले छोटो समयमै भ्रष्टाचार भएको कुरा जानकारी पाएकोले छानबिन हुने दाबी गरेकी छन् ।

बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले यस्तो दाबी गरेकी हुन् । 

उनले अलग्गै आयोग बनाएर वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत कसरी छानबिन हुन्छ भन्नेबारे विस्तृत सम्बोधनमा खुलाएकी छैनन् ।

कान्तिपुर

Link copied successfully