अभियानले राजनीतिक तथा उच्च प्रशासनिक नेतृत्वको अक्षमता, निहित स्वार्थ, अकर्मण्यता, अदूरदर्शिता र गैरजिम्मेवारीपनका कारण हालको परिस्थिति उत्पन्न भएको बताएको छ ।
काठमाडौँ — सार्वजनिक प्रशासन रुपान्तरण अभियानले प्रधानमन्त्री सुशिला कार्कीलाई भेटेर उच्च पदस्थ कर्मचारीलाई हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
अभियानले राजनीतिक तथा उच्च प्रशासनिक नेतृत्वको अक्षमता, निहित स्वार्थ, अकर्मण्यता, अदूरदर्शिता र गैरजिम्मेवारीपनका कारण हालको परिस्थिति उत्पन्न भएको बताएको छ ।
तत्कालीन राजनीतिक नेतृत्वको बहिर्गमन भइसकेको सन्दर्भमा सोही राजनीतिक नेतृत्वसँग रही काम गरेका हालको प्रशासनिक नेतृत्वबाट रुपान्तरण सम्भव नहुने ठहर गर्दै अभियानले उच्च प्रशासकीय नेतृत्वकर्तासहित मतियारको रुपमा काम गर्ने जिम्मेवार पदाधिकारी एवम् कर्मचारीहरुबाट तत्काल मार्ग प्रशस्त गर्न अनुरोध गर्दै पदाधिकारीहरुको बहिर्गमनको मागसहित प्रधानमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएको हो ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्र :