दाउन्नेमा दसैंभरि ‘इमर्जेन्सी मेन्टेनेन्स टिम’

२०७५ साल चैतमा सुरु भएर ४४ महिनाभित्र सम्पन्न हुनुपर्ने यो सडक खण्डको तेस्रो पटक म्याद थप भएको छ । अहिलेसम्म निर्माण प्रगति ७२ प्रतिशत मात्र छ ।

आश्विन ८, २०८२

नवीन पौडेल

”Emergency Maintenance Team” at Downe during Dussehra

परासी — नारायणगढ-बुटवल सडकखण्डको दाउन्ने खण्डमा दसैं अवधिभर मर्मत सम्भारका लागि ‘इमर्जेन्सी मेन्टेनेन्स टिम ’ खटाइएको छ । यसले यो सडक खण्डमा हुने अवरोध हटाउने तथा नियमित मर्मत सम्भारको काम गर्ने छ ।

सामान्य वर्षामा पनि सडक चिप्लो भएर घण्टौंसम्म सडक अवरुद्ध हुने र विभिन्न स्थानमा सडक भासिँदा यात्रुले सास्ती भोग्नुपर्ने भएपछि प्राविधिक, उपकरण र आवश्यक जनशक्तिसहितको ‘इमर्जेन्सी मेन्टेनेन्स टिम’ चौबीसै घण्टा परिचालन हुने नारायणगढ-बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।

‘अहिले हाम्रो मुख्य प्राथमिकता नै दाउन्ने खण्डमा रहेको छ । विश्वकर्मा मन्दिर र पैँसठ्ठीमोडलगायत अवरुद्ध हुने स्थान र  र भासिएको स्थानमा काम भइरहेको छ,’ उनले भने,‘ अब एक दुई दिन वर्षा हुँदा सडक अवरुद्ध हुँदैन । यदि अवरुद्ध भए पनि निमार्ण सामग्री, जनशक्ति र उपकरण चौबीसै घण्टा तयारी अवस्थामा राखिएको छ ।’

आयोजनाअन्तर्गत पूर्वी खण्डको दाउन्ने खण्डमा १ किलोमिटरभन्दा बढी ढलान गरिएकोमा ८ सय मिटरमा मात्र सवारी सञ्चालन भएको छ । बाँकी खण्ड हिलो र धुलाम्मे सडक खण्ड छ ।

२०७५ साल चैतमा सुरु भएर ४४ महिनाभित्र सम्पन्न हुनुपर्ने यो सडक खण्डको तेस्रो पटक म्याद थप भएको छ । अहिलेसम्म निर्माण प्रगति ७२ प्रतिशत मात्र छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully