गृहसहित तीन सचिवको सरुवा

गृहसचिवमा रामेश्वर दंगाल नियुक्त भएका छन्। उनी यसअघि रक्षासचिव थिए र अर्थ मन्त्रालयमा पनि लामो समय काम गरिसकेका छन्।

आश्विन ७, २०८२

कान्तिपुर संवाददाता

Transfer of three secretaries including home

काठमाडौँ — सरकारले तीन सचिवको सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव गोकर्णमणि दुवाडीसहित तीन सचिवको सरुवा गरेको हो।

दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। गृहसचिवमा रामेश्वर दंगाल नियुक्त भएका छन्। उनी यसअघि रक्षासचिव थिए र अर्थ मन्त्रालयमा पनि लामो समय काम गरिसकेका छन्।

त्यसैगरी, रक्षासचिवमा सुमनराज अर्याललाई पठाइएको छ। उनी योजना आयोगमा सदस्य–सचिव थिए।

गृहमन्त्री ओमप्रकाश अर्यालको रोजाइअनुसार दंगाललाई गृहसचिवमा ल्याइएको बताइएको छ। 

कान्तिपुर

Link copied successfully