जेलबाट भागेकामध्ये एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी फर्किसकेका छन् । शरणार्थी काण्डको अभियुक्त पूर्वसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित अझै फरार छन् ।
काठमाडौँ — २४ भदौमा केन्द्रीय कारगारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त सानु भण्डारी र केशव दुलाल पक्राउ परेका छन् । प्रदर्शनका क्रममा भड्किएको हिंसापछि कारागारहरुबाट भण्डारी र दुलाललगायत कैदीबन्दीहरु भागेका थिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दुवैजनालाई मंगलबार दिउँसो पक्राउ गरिएको हो ।
२४ भदौमा देशभरका २८ कारागार/बन्दीगृह र प्रहरी थनामा रहेका १४ हजा ४३ जना भागेका थिए ।