मन्त्री बन्दिँन भनेको थिएँ बाध्यता आइपर्यो : महावीर पुन

नवनियुक्त मन्त्री पुनले विज्ञानका अलवा आफुले शिक्षाको जिम्मेवारी पनि सम्हालेका कारण के-के बिषय प्राथामिकतामा राख्ने भनेर अहिले तत्कालै नभन्ने बताएका छन् ।

आश्विन ६, २०८२

कान्तिपुर संवाददाता

I said to stop the minister, I was forced to: Mahavir Pun

काठमाडौँ — शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका महावीर पुनले आफु मन्त्री बन्दै नबन्ने भनेपनि परिस्थितीका कारण मन्त्री बन्नुपर्ने बाध्यता आइपरेको बताए ।

 

 

शपथ ग्रहणपछि शितलनिवासमा संचारकर्मीसँग कुरा गर्दै उनले व्यवहारिक अनुसन्धान आफ्नो प्राथमिकता रहेको बताए । उनले विज्ञानका अलवा आफुले शिक्षाको जिम्मेवारी पनि आफुले सम्हालेका कारण के-के बिषय प्राथामिकतामा राख्ने भनेर अहिले तत्कालै नभन्ने बताए ।

उनले आफुले राम्रो मान्छेको सुझाव मात्रै लिने पनि बताए । संचारकर्मीसँग कुरा गर्दै उनले हरेक युवाले कुनै काम गर्दा कसैलाइ सोधेर वा कसैको पुच्छर बनेर काम नगरी आफ्नै बुद्दीले काम गर्नुपर्ने पनि बताए । 

सम्बन्धित अन्य समाचार 

महावीर पुन : रोमन म्यागसेसेदेखि शिक्षामन्त्रीसम्म

कान्तिपुर

Link copied successfully