कुलमानले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवलाई हटाए

प्राधिकरणका कार्यकारी निर्देशकको सरुवा

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Kulman removed the Executive Director of Electricity Authority, Hitendra Dev

काठमाडौँ — विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा भएको छ ।

स्रोतका अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो । 

रिक्त स्थानमा प्राधिकरणका प्रमुख मनोज सिलवाललाइ नियुक्त गरिएको छ । 

११ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ हटाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही बैठकले कुलमानको ठाउँमा हितेन्द्रदेवलाई नियुक्त गरेको थियो ।  

 

 

 

जेनजी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको तेस्रो दिनमै कुलमान घिसिङ उर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री नियुक्त भएका थिए ।

कान्तिपुर

Link copied successfully